Health TV Online
Health TV Online
Health TV Online

विभेद हटाउन प्रतिष्ठानका विद्यार्थीकाे माग

विभेद हटाउन प्रतिष्ठानका विद्यार्थीकाे माग

काठमाडौं : चिकित्साशास्त्रको स्नातकतर्फ पूर्ण छात्रवृत्ति तथा साझेदारीमा पढेका विद्यार्थीलाई चार वर्ष र आंशिक छात्रवृत्तिमा अध्ययन गरेकालाई दुई वर्षसम्म ग्रामीण वा दुर्गम क्षेत्रमा काम गर्नुपर्ने अनिवार्य व्यवस्था सच्याउन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीले माग गरेका छन्।

प्रतिष्ठान ऐनमा उल्लिखित सो व्यवस्था विद्यार्थीको वृत्ति विकासका लागि बाधक भएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्।

छात्रवृत्तिमा अध्ययनरत तथा उतीर्ण प्रतिष्ठानका विद्यार्थीहरूको समूहले जारी गरेकाे विज्ञप्तिमा चिकित्साशास्त्र अध्ययन हुने देशका अन्य शैक्षिक संस्थाभन्दा फरक र असमान ढंगले प्रतिष्ठान ऐनमा विभेदकारी र अन्यायपूर्ण प्रावधान राखिएकाले विद्यार्थीलाई स्नातकोत्तर अध्ययन गर्न लामो समय पर्खिनुपर्ने, व्यक्तित्व विकासमा प्रतिकूल असर पर्ने र यी कारणले गर्दा विद्यार्थीमात्रको नभएर सिंगो देशकै क्षति हुने उल्लेख छ।

चिकित्साशास्त्र अध्ययन हुने देशका अन्य संस्थामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले ग्रामीण वा दुर्गम क्षेत्रमा दुई वर्ष काम गर्नुपर्ने र आंशिक छात्रवृत्तिमा पढेकाले त्यसो गर्न अनिवार्य नरहेको व्यवस्था छ ।
छात्रहरूको समूहले प्रतिष्ठान ऐनको सो व्यवस्था परिमार्जन गरी अन्य शैक्षिक संस्थासरह बनाउन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्रीकाे समेत ध्यानाकर्षण गरेको छ।

मन्त्रीलाई दिइएको ज्ञापनपत्रमा पूर्ण छात्रवृत्ति पाएकै कारणले चार वर्षसम्म दुर्गम वा ग्रामीण क्षेत्रमा काम गर्नुपर्ने र आंशिक छात्रवृत्ति पाएकालाई समेत दुई वर्षसम्म काम गर्नुपर्ने प्रावधान अव्यवहारिक र अवैज्ञानिक भएकाले त्यसलाई संशोधन गर्न वा अन्य सम्बद्ध ऐन ल्याई विस्थापन गर्न आग्रह गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा