ओस्टियोपोरोसिस र मेरुदण्ड

ओस्टियोपोरोसिस एक यस्तो रोग हो जसले हड्डीको घनत्व र गुणत्व कम गर्छ। घनत्व भनेको हड्डी को वजन र गुणत्व भनेको हड्डीको फाइबर हो। यसले शरीरको हरेक हड्डीलाई असर पार्न सक्छ।
ओस्टियोपोरोसिस उमेर बढ्दै जाँदा बढी देखिन्छ। यसमा हड्डीहरु दिनप्रतिदिन कमजोर बन्दै जान्छन् र भाँचिन थाल्छन्।
नाडीको हड्डी, हिपको हड्डी र मेरुदण्डका हड्डीहरु आफ्नो बनोटको ढाँचा र अधिक भारका कारण भाँचिने सम्भावना धेरै हुन्छ।
मेकानिकल शक्तिको कमीले मेरुदण्डको हड्डी साधारण चोटपटकले पनि भाँचिन सक्छ ।
एक तथ्यांक अनुसार आफनो जीवनकालमा आधा महिला र एक तिहाइसम्म पुरुषलाई आफ्नो जीवनमा कमसे कम एक ओस्टियोपोरोटिक स्पाइनको हड्डीको फ्रयाक्चर अनुभव हुन्छ।
अाेस्टियोपोरोसिसको कारण स्पाइनको हड्डी भाँचियो भने ढाडको दुखाइ अचानक बढ्न सक्छ। बिरामीले अचानक तीव्र पीडा महसुस गर्छ यो सामान्यतया क्रियाकलापको समयमा बढ्छ र आराम गर्दा कम हुन्छ। एक्सरे वा एमआरआईले भाँचिएको पुष्टि गर्न सक्छ।
मेरुदण्डको हड्डी भाँचिएमा गम्भीर परिणामहरू अाउन सक्छ । उदाहरणका लागि– उचाइ घट्ने, तीव्र पीठको दुखाइ र मेरुदण्ड बाङ्गो समेत हुनसक्छ। तीनदेखि १२ हप्तामा हप्ताभित्र यो निको हुन्छ। कहिलेकाहीं भाँचिएको हड्डी जोडिन ढिलो हुन्छ र निरन्तर पीडा भइरहन्छ।
निदान के?
उमेर ढल्किँदै जाँदा मेरुदण्ड भाँचिने अस्टियोपोरोसिसको कारणले मात्र हुँदैन। त्यसैले उपचार सुरु गर्नुभन्दा अघि अाेस्टियोपोरोसिस हो कि हाेइन पत्ता लगाउनुपर्छ। यदि पहिला नाडीको हड्डी, हिपको हड्डी र मेरुदण्डको हड्डी भाँचिएको छ भने ओस्टियोपोरोसिसको शंका गर्न सकिन्छ। अन्यथा अरु कारण पनि हुन सक्छ।
क्याल्सियम र भिटामिन ‘डी’ को मात्रा कम भयो भने पनि हड्डी भाँचिने समस्या हुनसक्छ त्यसैले रगत जाँचमा क्याल्सियम र भिटामिन डीको मात्रा पनि हेर्न सकिन्छ।
उपचार
उपचारको मूल लक्ष्य हड्डी खिइन नदिनु हो। यसका लागि शुरुवाती अवस्थामा नै यसलाई कसरी बचाएर राख्ने बुझ्नुपर्छ।
स्वस्थ आहार र व्यायाम साथै स्वस्थ जीवनशैली उपचारमा महत्त्वपूर्ण हुन्छन् ।
लड्नबाट रोक्ने र हिँड्ने लठ्ठी वा वैशाखीका साथै ढाडमा लगाउने पेटी वृद्ध व्यक्तिहरुको महत्त्वपूर्ण सहारा हुनसक्छ।
अाेस्टियोपोरोसिसको लागि केही औषधि छन् जसले हड्डी खिइनबाट रोक्छ र नयाँ हड्डी बनाउन सहयोग गर्छ।
क्याल्सियम र भिटामिन डी अाेस्टियोपोरोसिसको लागि महत्त्वपूर्ण औषधि हुन्, यिनीहरुलाई काम गर्न लामो समय लाग्छ, तसर्थ यी औषधिहरू लामो समयसम्म सेवन गर्नुपर्छ।
शल्यक्रिया कहिले गर्ने?
अाेस्टियोपोरोसिस हुँदैमा सबैलार्इ शल्यक्रियाकाे अावश्यकता पर्दैन। भाँचिएको मेरुदण्डको हड्डीमध्ये १०% लाई मात्र शल्यक्रियाको आवश्यकता पर्छ। दुखाइ कम गर्न, भाँचिएको मेरुदण्डलाई ठाउँमा ल्याउन, बांगाेपना मिलाउन, स्पाइन कर्डको प्रेसर हटाउन, बांगिएको मेरुदण्डलाई सोझो पार्न शल्यक्रियाले मद्दत गर्छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा