घट्यो संक्रमण : सक्रिय कोरोना संक्रमितको संख्या १३ हजारमा झर्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर कोरोना संक्रमण दर क्रमस घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशभर अहिले १३ हजार ३५७ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्।
यसैगरी अब काठमाडौं लगायत ५ जिल्लामा मात्र ५ सय बढी सक्रिय संक्रमित रहेका छन् भने १० जिल्लामा २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण दर कम हुँदै गएपछि देशभर संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या बढ्दो छ । कुल संक्रमितमध्ये १४२ जनाको आइसीयूमा र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा अहिले कोरोना संक्रमणबाट निको हुने दर ९७ दशमलब ४ प्रतिशत रहेको छ । हालसम्म देशमा ११ हजार ९१७ जनाको कोरोनाबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढीले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् भने ८ लाख बढीले अतिरिक्त खोप समेत लगाइसकेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण