Health TV Online
Health TV Online
Health TV Online

शनिबार ३५० कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

शनिबार ३५० कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर ३५० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ९६ जनाको नमुना परीक्षण गरेकोमा ३५० जनामा कोरोना संक्रमण देखिएको हो ।

यसैगरी शनिबार ४ जना कोरोना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजा ९१७ पुगेको छ । उता यहीवीच १२ सय ७२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

अहिले देशभर १३ हजार ३५७ जना मात्र सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार