डब्लुएचओले सार्वजनिक गर्यो ‘क्विट टोबाको एप’
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चुरोट तथा सुर्तीजन्य पदार्थको लत छुटाउन सहयोग गर्ने नयाँ एप सञ्चालनमा ल्याएको छ । ‘क्विट टोबाको एप’ डब्लुएचओकी दक्षिणपूर्वी एशिया क्षेत्रकी निर्देशक डा पुनम क्षेत्रपाल सिंहले सार्वजनिक गरेकी हुन्।
उनले उक्त एप सार्वजनिक गर्दै एपमार्फत सुर्तीजजन्य पदार्थ सेवनको लत छोड्न चाहनेका लागि निकै सहयोगी सिद्ध हुने जनाइन्। विश्वभर सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा हानी गर्छ भन्ने कुराको जानकारी भएर पनि धेरैले यसको लतका कारण छोड्न नसक्ने गरेको कुरा स्विकार गर्दै त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्नका लागि क्विट टोबाको एप बनाइएको डा सिंहको भनाई छ ।
डब्लुएचओले ‘कमिट टु क्विट टोबाको’ अभियान नै सञ्चालन गरिरहेको छ । यस अभियान अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ भने यो एप पनि त्यही अभियान अन्तर्गतकै एक अभिन्न पार्ट रहेको सिंहले जनाएकी छिन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल