पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
देशभर सक्रिय संक्रमित १६ हजार ६१६
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ७८९ जनाको नमुना परीक्षण गरेकोमा ५७० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उता यहीवीच १ हजार ९९३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
हाल देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १ लाख ६४ हजार ४७५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित