स्टार अस्पतालका निर्देशक डा रुपाखेती प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा स्टार अस्पतालका मेडिकल निर्देशक डा शैल रुपाखेतीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको माघ २४ गतेको निर्णय अनुसार डा रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवा सहित क्याबिनेट चिकित्सकमा नियुक्त गरिएको हो।
प्रधानमन्त्री कार्यालयले आइतबार डा रुपाखेतीलाई नियुक्तिको पत्र दिएको छ। प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषदको माघ २४ गतेको निर्णयअनुसार तपाईंलाई प्रधनमन्त्री तथा मन्त्रिपरिषदको विशिष्ट श्रेणी चिकित्सक तोकिएको व्यहोरा सहर्ष जानकारी गराउँदछुु ।’
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा