पछिल्लो २४ घण्टामा १ हजार १२८ संक्रमित थपिए, १४ जनाको मृत्यु
२ हजार २१५ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १ हजार १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ९८९ जनाको नमुना परीक्षण गरिएकोमा १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ८७८ पुगेको छ । उता यहीवीच २ हजार २१५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९६ प्रतिशत रहेको छ ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित