Health TV Online
Health TV Online
Health TV Online

देशभर सक्रिय संक्रमितको संख्या ३० हजारभन्दा कम

काठमाडौंमा ७ हजार सक्रिय संक्रमित

देशभर सक्रिय संक्रमितको संख्या ३० हजारभन्दा कम

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३० हजारभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबारसम्मको तथ्याकं अनुसार अहिले देशभर २९ हजार ४ जना मात्र सक्रिय कोरोना संक्रमित आइसोलेसनमा रहेका छन।

उनीहरुमध्ये २७ हजार ९३० जना होम आइसोलेसनमा छन् भने १ हजार ७४ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्। हाल देशभर २२५ जना संक्रमित आइसीयूमा र ३२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

पछिल्लो केही दिन यता कोरोना संक्रमण दर ह्वात्तै घटेको छ । काठमाडौंमा सबैभन्दा धेरै ७ हजार १७० जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार