Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना संक्रमण दर २० प्रतिशतमा झर्‍यो

नेपालमा कोरोना संक्रमण दर २० प्रतिशतमा झर्‍यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण दर बिस्तारै कम हुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो साता कोरोना संक्रमण दर घटेर २० प्रतिशतमा आएको जनाएको हो । गत साताको तुलनामा यो साता संक्रमण दर १३ दशमलब ८ प्रतिशतले कम भएको मन्त्रालयले जनाएको हो ।

हाल देशभर ३० हजार २४१ जना सक्रिय संक्रमित रहेका छन । उनीहरुमध्ये २९ हजार ११७ जना होम आइसोलेसनमा छन् भने जम्मा ११ सय २४ जना संस्थागत आइसोलेसनमा रहेका छन्। तीन साताअघिसम्म कोरोना संक्रमण दर झण्डै ६० प्रतिशतसम्म पुगेको थियो ।

मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले कोरोना संक्रमण दरमा कमी आएको भए पनि जोखिम भने कायमै रहेको जनाएकी छिन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार