Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा एकैदिन १२१७ जना कोरोना संक्रमितको मृत्यु

भारतमा एकैदिन १२१७ जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन : भारतमा पछिल्लो २४ घण्टामा १२ सय १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ सय १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७१ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा ५ दशमलब ६ प्रतिशतले बढी भएको बताइएको छ । भारतमा केही दिन यता कोरोना संक्रमण कम हुँदै गएको भए पनि मृत्यु दरमा भने कमी आउन सकेको छैन्।

आज मृत्यु भएकासहित भारतमा कोरोना संक्रमणबाट ५ लाख ५ हजार २७९ जना पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार