देशभर सक्रिय संक्रमितको संख्या ४० हजार १११, आइसीयू र भेन्टिलेटरमा २९७ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या क्रमस घट्दै गएको छ । सोमबारसम्म देशभर ४० हजार १११ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यीमध्ये ३८ हजार ८८३ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २२८ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाको तेस्रो लहरमा अस्पताल भर्ना हुने र अक्सिजन सपोर्ट चाहिने संक्रमितको संख्या निकै न्यून रहेको पाइएको छ । जसका कारण अहिले देशका विभिन्न अस्पतालमा २५५ जना संक्रमित मात्र आइसीयूमा छन् भने ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
पछिल्ला केही दिन यता संक्रमण दर घटेर २० प्रतिशतभन्दा कममा आएको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९४ दशमलब ६ प्रतिशत रहेको छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै