थप १ हजार ५७० जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १ हजार ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ३६५ जनाको नमुना परीक्षण गर्दा १ हजार ५७० जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार १११ पुगेको छ । यहीवीच ६ हजार १४६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ८२७ रहेको छ । गत २४ घण्टामा १ लाख ७८ हजार ५७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित