काठमाडौंमा आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिका भित्रका १२ देखि १७ वर्षका विद्यार्थीहरुलाई आजबाट कोरोना विरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइँदै छ ।
यसअघि फाइजर खोपको पहिलो मात्रा लगाएका र तीन साता पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई आजदेखि फागुन ५ गतेसम्म दोस्रो मात्रा खोप दिन लागिएको हो ।
काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार महानगरका ३२ वटै वडामा रहेका तोकिएका विद्यालय खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप दिइने कार्यक्रम रहेको छ । त्यसका लागि पहिलो मात्रा फाइजर खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्नेछ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै