काठमाडौंमा आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिका भित्रका १२ देखि १७ वर्षका विद्यार्थीहरुलाई आजबाट कोरोना विरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइँदै छ ।
यसअघि फाइजर खोपको पहिलो मात्रा लगाएका र तीन साता पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई आजदेखि फागुन ५ गतेसम्म दोस्रो मात्रा खोप दिन लागिएको हो ।
काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार महानगरका ३२ वटै वडामा रहेका तोकिएका विद्यालय खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप दिइने कार्यक्रम रहेको छ । त्यसका लागि पहिलो मात्रा फाइजर खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्नेछ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित