घट्दै संक्रमण : पछिल्लो २४ घण्टामा १ हजार ७१४ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : केही दिन यता देशभर कोरोना संक्रमण कम हुन थालेको छ । पछिल्लो २४ घण्टामा जम्मा १ हजा ७१४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ८ हजार ५१३ नमुना परीक्षण गरिएको थियो ।
यसैगरी आज ४ हजार ७७१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने ९ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ७८० पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ लाख ८८ हजार ४४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण