यसअघि छुटेका ६० वर्ष माथिका जेष्ठ नागरिकलाई बुस्टर डोज दिंदै काठमाडौं महानगर
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाले यसअघि खोप लगाउन छुटेका ६० वर्ष माथिका जेष्ठ नागरिकलाई आज र भोलि कोरोना विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।
यसका साथै यसअघि बुस्टर डोज लगाउन छुटेका अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुले पनि यो दिन खोप लगाउन सक्नेछन्। खोप कार्यक्रम महानगरका ३२ वटा वडाहरुमार्फत सञ्चालन हुने जनाइएको छ।
खोप विहान १० बजेदेखि ४ बजेसम्म जारी रहने महानगरले जनाएको छ । खोप लगाउनका लागि यसअघि दुबै डोज खोप लगाएको खोप कार्ड तथा आफनो उमेर खुल्ने परिचयपत्र भने लिएर जानपर्नेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण