यसअघि छुटेका ६० वर्ष माथिका जेष्ठ नागरिकलाई बुस्टर डोज दिंदै काठमाडौं महानगर
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाले यसअघि खोप लगाउन छुटेका ६० वर्ष माथिका जेष्ठ नागरिकलाई आज र भोलि कोरोना विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।
यसका साथै यसअघि बुस्टर डोज लगाउन छुटेका अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुले पनि यो दिन खोप लगाउन सक्नेछन्। खोप कार्यक्रम महानगरका ३२ वटा वडाहरुमार्फत सञ्चालन हुने जनाइएको छ।
खोप विहान १० बजेदेखि ४ बजेसम्म जारी रहने महानगरले जनाएको छ । खोप लगाउनका लागि यसअघि दुबै डोज खोप लगाएको खोप कार्ड तथा आफनो उमेर खुल्ने परिचयपत्र भने लिएर जानपर्नेछ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त