भारतमा पछिल्लो २४ घण्टामा ८९३ कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना भाइरसकाे संक्रमणबाट पछिल्लो २४ घण्टामा ८९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो केही दिनदेखि संक्रमणमा केही कमी आएको भए पनि मृत्यु दर भने बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ९४ हजार ९१ पुगेको छ । यसैगरी गत २४ घण्टामा २ लाख ३४ हजार २८१ जना नयाँ संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ५ राज्यमा सबैभन्दा बढी संक्रमित रहेका छन्।
केरला, कर्नाटक, महाराष्ट्र, तमिलनाडु र गुजरात बढी कोरोना प्रभावित राज्य बनेका छन्। केही राज्यमा संक्रमण कम भएसँगै कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरु खुकुलो बनाउन थालेका छन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने