भारतमा पछिल्लो २४ घण्टामा ८९३ कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना भाइरसकाे संक्रमणबाट पछिल्लो २४ घण्टामा ८९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो केही दिनदेखि संक्रमणमा केही कमी आएको भए पनि मृत्यु दर भने बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ९४ हजार ९१ पुगेको छ । यसैगरी गत २४ घण्टामा २ लाख ३४ हजार २८१ जना नयाँ संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ५ राज्यमा सबैभन्दा बढी संक्रमित रहेका छन्।
केरला, कर्नाटक, महाराष्ट्र, तमिलनाडु र गुजरात बढी कोरोना प्रभावित राज्य बनेका छन्। केही राज्यमा संक्रमण कम भएसँगै कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरु खुकुलो बनाउन थालेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण