अबदेखि पहिले जुनसुकै खोप लगाएको भए पनि बुस्टर डोजको रुपमा कोभिशिल्ड दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले पहिले जुनसुकै खोप लगाएको भए पनि बुस्टर डोजको रुपमा कोभिशिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ ।
विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोरोना विरुद्धको बुस्टर प्रदान गर्दा यस अघि पहिलो र दोस्रो मात्रा अन्तर्गत कोभिशिल्ड एस्ट्राजेनेका मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरुलाई कोभिशिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।
यसभन्दा अघि भने पहिले जुन खोप लगाइएको हो त्यही मात्र बुस्टरको रुपमा दिने निर्णय भए पनि अहिले विभिन्न अधययनले फरक खोप लगाउन मिल्ने र उत्तिकै प्रभावकारी हुने देखाएपछि यस्तो निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी विदेशमा पहिलो मात्रा खोप लगाएकाहरुलाई दोश्रो मात्रा दिन सोही खोप नभएमा कोभिशिल्ड वा एस्ट्राजेनेका दिने पनि मन्त्रालयले निर्णय गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण