थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार गत २४ घण्टामा १९ हजार ८६९ जनाको नमुना परीक्षण गरिएकोमा ६ हजार ८२७ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ । यसैगरी आज ५ हजार ४३२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार अहिले १३९ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो २४ घण्टामा १ लाख २८ हजार ५६३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण