थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार गत २४ घण्टामा १९ हजार ८६९ जनाको नमुना परीक्षण गरिएकोमा ६ हजार ८२७ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ । यसैगरी आज ५ हजार ४३२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार अहिले १३९ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो २४ घण्टामा १ लाख २८ हजार ५६३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?