कोरोनाको ‘रेड जोन’ मा १९ जिल्ला
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोनाको जोखिमको हिसाबले रेड जोनमा १९ जिल्ला परेका छन्। पछिल्लो समय रेड जोनमा पर्ने जिल्लाको संख्या बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार काठमाडौं उपत्यकासहित १९ जिल्ला अहिले रेड जोन अर्थात जोखिमयुक्त जिल्लामा परेका छन्। ती जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक,नुवाकोट, बाँके, दाङ, कैलाली, रुपन्देही, कास्की, तनहुँ, नवलपरासी पूर्व रहेका छन्। यी जिल्लाहरुमा ५ सय बढी सक्रिय संक्रमित रहेका छन्। यसैगरी १७ जिल्लामा २ सय बढी संक्रमित रहेका छन्।
स्वास्थ्य मन्त्रालयले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लालाई उच्च जोखिमको जिल्लामा राखेको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित