कोरोनाको ‘रेड जोन’ मा १९ जिल्ला
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोनाको जोखिमको हिसाबले रेड जोनमा १९ जिल्ला परेका छन्। पछिल्लो समय रेड जोनमा पर्ने जिल्लाको संख्या बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार काठमाडौं उपत्यकासहित १९ जिल्ला अहिले रेड जोन अर्थात जोखिमयुक्त जिल्लामा परेका छन्। ती जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक,नुवाकोट, बाँके, दाङ, कैलाली, रुपन्देही, कास्की, तनहुँ, नवलपरासी पूर्व रहेका छन्। यी जिल्लाहरुमा ५ सय बढी सक्रिय संक्रमित रहेका छन्। यसैगरी १७ जिल्लामा २ सय बढी संक्रमित रहेका छन्।
स्वास्थ्य मन्त्रालयले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लालाई उच्च जोखिमको जिल्लामा राखेको छ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित