९० हजार नाघे सक्रिय संक्रमित, काठमाडौंमा सबैभन्दा बढी
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर कोभिड -१९ का सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ। बुधबार ८ हजार ४५४ जना थपिएसँँगै सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको हो। जसमध्ये काठमाडौं उपत्यकामा मात्रै आधाभन्दा बढी छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५५ हजार ८०९ रहेको छ। जसमध्ये काठमाडौंमा ४० हजार १२, ललितपुरमा १० हजार ६९ र भक्तपुरमा ५ हजार ७२८ रहेका छन्। यसैगरी देशका १५ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्। दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्यान १९ पुगेको छ। सक्रिय संक्रमितमध्ये ८८ हजार २४८ जना होम आइसोलेसनमा छन् भने १८ सय १९ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
कोरोनाको तेस्रो लहरमा संक्रमित अस्पताल भर्ना हुने दर पहिलेका दुई लहरका भन्दा ५ गुणाले कम भएको मन्त्रालयले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित