९० हजार नाघे सक्रिय संक्रमित, काठमाडौंमा सबैभन्दा बढी
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर कोभिड -१९ का सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ। बुधबार ८ हजार ४५४ जना थपिएसँँगै सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको हो। जसमध्ये काठमाडौं उपत्यकामा मात्रै आधाभन्दा बढी छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५५ हजार ८०९ रहेको छ। जसमध्ये काठमाडौंमा ४० हजार १२, ललितपुरमा १० हजार ६९ र भक्तपुरमा ५ हजार ७२८ रहेका छन्। यसैगरी देशका १५ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्। दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्यान १९ पुगेको छ। सक्रिय संक्रमितमध्ये ८८ हजार २४८ जना होम आइसोलेसनमा छन् भने १८ सय १९ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
कोरोनाको तेस्रो लहरमा संक्रमित अस्पताल भर्ना हुने दर पहिलेका दुई लहरका भन्दा ५ गुणाले कम भएको मन्त्रालयले जनाएको छ ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित