खोप लगाउन छुटेका बालबालिकाले परोपकार प्रसुती र विरेन्द्र सैनिक अस्पतालमा गएर लगाउन सक्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना विरुद्धको खोप अभियानमा विविध कारणले खोप लगाउन छुटेका बालबालिकाका लागि स्वास्थ्य कार्यालय काठमाडौंले दुई अस्पतालमार्फत फाइजर खोप लगाउने भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले यसअघिको अभियानमा खोप लगाउन छुटेका १२ देखि १७ वर्षसम्मका बालिबालिकाका लागि आज र भोलि काठमाडौंको परोपकार प्रसुती अस्पताल र विरेन्द्र सैनिक अस्पतालका खोप केन्द्रमा खोप लगाउने कार्यक्रम रहेको जनाए । उनले यसअघि खोप लगाउन छुटेका बालबालिकालाई आफूलाई पायक पर्ने नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेका छन्।
सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि फाइजर र मोर्डना खोप लगाइरहेको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने