देशभर २८९ कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत
हेल्थ टिभी अनलाइन\ काडमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या बढेको भए पनि हाल २८९ जना संक्रमित मात्र आइसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन्।
हाल रहेका ८८ हजार ९३४ जना सक्रिय संक्रमितमध्ये २४५ जनाको आइसीयूमा र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेकाे छ । यसैगरी ८७ हजार ११७ जना संक्रमित होम आइसोलेसनमा छन् भने १८ सय १७ जना मात्र संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाको तेस्रो लहरमा धेरै जना संक्रमणमा परे पनि अस्पताल भर्ना हुने दर भने निकै कम भएको मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारी बताउँछन्। उनले यसपटक जटिलता र मृत्युदर कम रहेको जनाए ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र