टेकु अस्पतालमा स्थगित भएको कोरोना खोप कार्यक्रम आजदेखि पुन: सुरु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अधिकांश स्वास्थ्कर्मीमा कोरोना पुष्टि भएपछि स्थगित गरिएको कोरोना खोप कार्यक्रम आजदेखि पुन: सुरु भएको छ ।
अस्पतालले ५० जनाभन्दा बढी स्वास्थ्कर्मीमा संक्रमण देखिएको भन्दै माघ १० गतेदेखि एक साताका लागि खोप कार्यक्रम स्थगित गरेको सूचना निकालेको थियो ।
तर काठमाडौं महानगर, स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि आजदेखि पुन: खोप कार्यक्रम सुरु गरिएको अस्पतालले जनाएको छ ।
खोप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म चल्नेछ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित