टेकु अस्पतालमा स्थगित भएको कोरोना खोप कार्यक्रम आजदेखि पुन: सुरु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अधिकांश स्वास्थ्कर्मीमा कोरोना पुष्टि भएपछि स्थगित गरिएको कोरोना खोप कार्यक्रम आजदेखि पुन: सुरु भएको छ ।
अस्पतालले ५० जनाभन्दा बढी स्वास्थ्कर्मीमा संक्रमण देखिएको भन्दै माघ १० गतेदेखि एक साताका लागि खोप कार्यक्रम स्थगित गरेको सूचना निकालेको थियो ।
तर काठमाडौं महानगर, स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि आजदेखि पुन: खोप कार्यक्रम सुरु गरिएको अस्पतालले जनाएको छ ।
खोप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म चल्नेछ ।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?