८२ हजार सक्रिय कोरोना संक्रमितमध्ये झण्डै ५३ हजार काठमाडौं उपत्यकामा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर रहेका सक्रिय कोरोना संक्रमितमध्ये अधिकांश संक्रमित काठमाडौं उपत्यकामा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिले देशभर ८२ हजार ५५० जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ५२ हजार ८४२ जना भने काठमाडौं उपत्यकामा रहेको तथ्यांंकमा उल्लेख छ । त्यसैले पनि काठमाडौं उपत्यकालाई ‘कोरोनाको हटस्पट’ मानिएको छ ।
मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार काठमाडौंमा ३८ हजार ५८१ जना, भक्तपुरमा ५ हजार २१० जना र ललितपुरमा ९ हजार ५१ जना सक्रिय कोरोना संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्। त्यसो त काठमाडौं उपत्यका लगायतका १५ जिल्ला अहिले कोरोनाको रेड जोनमा रहेका छन्। जसमा ५ सय बढी सक्रिय संक्रमित रहेका छन्।
कोरोनाको तेस्रो लहरमा संक्रमण बढेको भए पनि अस्पताल भर्ना हुने बिरामीको संख्या भने अत्यन्त न्युन रहेको मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारी बताउँछन्। उनले भने, ‘कोरोना संक्रमण तीब्र गतिमा बढेको भए पनि पहिलो र दोस्रो लहरमा जस्तो संक्रमित अस्पताल भर्ना हुने दर भने यसपटक निकै कम छ ।’ यसका साथै धेरै संक्रमितहरु ५ देखि ७ दिनमा निको हुने गरेको पाइएको उनले जिकीर गरे ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ६५९ जनाको मृत्यु भएको छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै