अधिकांश कर्मचारीमा कोरोना संक्रमण भएपछि ललितपुर महानगरमा अत्यावश्यक सेवाबाहेकका सेवा बन्द
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुर महानगरपालिकाको कार्यालयमा कार्यरत अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि केही दिन सेवा प्रभावित हुने भएको छ ।
महानगरले आइतबार एक सूचना जारी गर्दै महानगरको कार्यालयमा कार्यरत कर्मचारी धमाधम संक्रमित हुँदै गएकाले सोमबारदेखि शुक्रबारसम्मका लागि अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरिएको जनाएको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जारी गरेको सूचनामा कर्मचारीलाई आलोपालो गरेर सेवा दिने स्थिती समेत नरहेकाले सोमबारदेखि शुक्रबारसम्म ५ दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न परेको जनाइएको छ ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स