अध्ययन भन्छ- ‘कोरोनाको तेस्रो लहरमा मृत्यु हुनेहरुमध्ये ६० प्रतिशत खोप नलगाएका’
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोनाको तेस्रो लहरमा मृत्यु हुनेहरुमध्ये ६० प्रतिशतभन्दा बढी कोरोना विरुद्धको खोप नलिएका वा एक डोज मात्र खोप लिएका भएको अध्ययनले जनाएको छ । भारतको मैक्स हेल्थकेयरले गरेको एक अध्ययन अनुसार कोरोनाको तेस्रो लहरमा संक्रमणमा परेर मृत्यु हुनेहरुमा ६० प्रतिशतभन्दा बढी कोरोना विरुद्धको खोप नलिएका व्यक्ति भएको र तीमध्ये कतिपय एक डोज मात्र लिएको पाइएको हो । यसैगरी मृत्यु हुनेमा अधिकांश ७० वर्षभन्दा माथि उमेर समूहका भएको पाइएको अध्ययनले देखाएको छ ।
यसैगरी अध्ययनले मृत्यु भएकाहरु धेरै जना पहिलेदेखि नै मुटु, मधुमेह, मिर्गौलासम्बन्धी दीर्घ रोग भएको पनि जनाएको छ । उता कोरोनाको तेस्रो लहरमा अक्सिजन सपोर्ट चाहिने संक्रमित जम्मा २३ दशमलब ४ प्रतिशत मात्र रहेको पनि अध्ययनले देखाएको छ । जबकी कोरोनाको पहिलो लहरमा ६३ प्रतिशतलाई अक्सिजन सपोर्ट चाहिएको थियो भने दोस्रो लहरमा अझ बढी ७४ प्रतिशतलाई अक्सिजन सपोर्ट चाहिएको थियो ।
अध्ययनले कोरोना विरुद्धको पूर्ण खोप लगाएकाहरुमा संक्रमण देखिए पनि उनीहरुमा जटिलता नभएको उल्लेख गरिएको छ ।
आजतकबाट :





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण