शनिबार १६ जना कोरोना संक्रमितको मृत्यु, १० हजारभन्दा बढीमा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशभर १६ जना संक्रमितको ज्यान गएको छ भने १० हजार २५४ जना संक्रमित थपिएका छन्।
योसँगै देशमा सक्रिय कोरोना संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ । यसैगरी आज ७०८ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित