Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोनाको ‘रेड जोन’ मा १५ जिल्ला

कोरोनाको ‘रेड जोन’ मा १५ जिल्ला

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण बढ्दै जाँदा १५ जिल्लाहरु कोभिड १९ जोखिमको रेड जोनमा परेका छन् । सरकारले सक्रिय कोरोना संक्रमित ५ सय भन्दा बढी भएका जिल्लालाई रेड जोनमा राखेको हो । दुई साताअघिसम्म उपत्यकाका तीन जिल्ला मात्र रेड जोनमा भए पनि अहिले देशका १५ जिल्ला रेड जोनमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकले देशभरका १५ जिल्ला कोभिड १९ को उच्च जोखिममा परेको देखाएको छ । उपत्यकाका तीन जिल्लासहित मोरङ, सुनसरी, झापा,चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, रुपन्देही, बाँके, कैलाली, नवलपरासी पूर्व र धनुषा गरी १५ जिल्ला कोभिड–१९ को रेड जोनमा परेका छन् । कुल संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसैगरी १५ जिल्लामा २ सयभन्दा बढी कोरोना संक्रमित रहेका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६५ हजार ३७४ पुगेको छ । यीमध्ये ७३ हजार ७३४ जना होम आइसालेसनमा रहेका छन् भने १६ सय ४० जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार