आज रातिबाट काठमाडौं उपत्यकामा सवारी साधनमा जोर बिजोर प्रणाली
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज रातिदेखि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा सवारीसाधन चल्ने भएका छन्।कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बिहिबार बसेको बैठकले सो नियन्त्रणका लागि भन्दै शुक्रबार राति १२ बजेबाट लागू हुने गरी उक्त निर्णय गरेका हुन् ।
बिहिबार काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रशासन कार्यालयले उपत्यकाभित्र जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्ने आदेश जारी गरेका हुन्। यो आदेश अनुसार जोर गते जोर नंबरका सवारीसाधन र बिजोर गते बिजोर नंबरका सवारीसाधन गुड्न पाउनेछन्।
आदेशमा उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणको निदान, उपचार र रोकथामलाई थप प्रभावकारी बनाउनका लागि संक्रामक रोग ऐन २०२० अनुसार यातायातमा अर्को सूचना जारी नहुन्जेल सम्मलाई जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको उल्लेख छ ।
यो आदेश आज राति १२ बजेदेखि लागू हुनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण