कोरोना खोप कार्ड हराएमा के गर्ने ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले अबदेखि कुनै पनि सार्वजनिक स्थल प्रवेश गर्दा र सार्वजनिक सेवा लिनका लागि अनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने प्रावधान अघि सारेको छ । यो व्यवस्था माघ ७ गतेदेखि लागू हुनेछ । यदि कसैको खोप कार्ड हराएको छ भने त्यस्ता व्यक्तिहरुले खोपको प्रतिलिपि लिनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुबै मात्रा खोप लगाएको भए दोस्रो मात्रा खोप लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिनेछ । पहिलो मात्रा मात्र खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य संस्थाबाट लिन सकिन्छ । जोन्सन एण्ड जोन्सन खोप लगाएको हकमा पनि सोही खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिने मन्त्रालयले जनाएको छ ।
बढ्दो कोरोना संक्रमणका कारण सरकारले यही माघ ७ गतेदेखि सार्वजनिक स्थल प्रवेश गर्दा खोप कार्ड वा कार्ड नभए मोबाइलमा आफनो खोप कार्डको फोटो भए पनि देखाउन पर्ने व्यवस्था अघि सारेको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो