Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पीसीआर परीक्षण गरेकामध्ये झण्डै आधालाई कोरोना संक्रमण

पीसीआर परीक्षण गरेकामध्ये झण्डै आधालाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण फेरि एकपटक तीब्र गतिमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर परीक्षण गरिएकामध्ये झण्डै आधालाई अर्थात ४८ प्रतिशतभन्दा बढीलाई कोरोना पुष्टि भएको छ ।

गत २४ घण्टामा देशभर १७ हजार ८७२ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार ७३० जनामा कोरोना पोजेटिभ देखिएको छ । यो भनेको प्रतिशतमा ४८ दशमलब ८ प्रतिशत हुन आउँछ । जुन अहिलेसम्मकै उच्च हो । ४ हजार ९५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ सय २८ जनामा कोरोना देखिएको छ । समग्रमा भने ४४ दशमलब ९ प्रतिशत पुगेकोे छ संक्रमण दर ।

पछिल्लो २४ घण्टामा कुल १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले देशभर ३९ हजार ४४ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। यो संख्या दुई साता यता मात्रै ह्वात्तै बढेको हो ।

एक साताअघिसम्म नेपालमा कोरोना संक्रमण दर जम्मा १८ दशमलब ६ प्रतिशत थियो ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार