पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित झण्डै ३१ हजार
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ४६४ जनाको नमुना परीक्षण गरिएकोमा ६ हजार ७३४ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ६२३ पुगेको छ । उता यहीवीच ५४७ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
आज थपिएका संक्रमितसहित देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको छ । उता सय जना क्वारेन्टाइनमा रहेका छन्। संक्रमितमध्ये धेरैजसो अर्थात २९ हजार ७०५ जना होम आइसोलेसनमा छन् भने १ हजार १७२ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित