काठमाडौंका यी १७ स्थानबाट लगाइँदैछ कोरोनाको बुस्टर डोज
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले काठमाडौंका १७ स्थानबाट कोरोना विरुद्धको बुस्टर डोज लगाउँदैछ । पहिलो चरणमा कोरोना संक्रमण रोकथाम, उपचार तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई कोरोनाको बुस्टर डोज लगाउन लागिएको हो ।
यसअघि नै खोप सञ्चालन भइरहेका काठमाडौंका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। बुस्टर डोज लगाउनका लागि भने पहिले दुबै डोज खोप लगाएको ६ महिना भइसकेको हुनुपर्नेछ । ६ महिना पुगिसकेको अग्रपंक्तिमा काम गर्ने व्यक्तिले पहिले खोप लगाएको कार्ड लगेर खोप केन्द्रमा गएर बुस्टर डोज लगाउन सक्नेछन्। सरकारले ६० वर्ष माथिका उमेर समूहलाई पनि बुस्टर डोज दिन निर्णय गरेको छ । तर उनीहरुलाई भने माघ १४ देखि दिन सुरु गरिने भएको छ ।
यी हुन् १७ खोप केन्द्र जसबाट बुस्टर डोज दिइँदैछ :
-वीर अस्पताल
-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
-परोपकार प्रसूती रोग तथा स्त्री रोग अस्पताल
-सशस्त्र प्रहरी बल अस्पताल बलम्बु
-शहिद मेमोरियल अस्पताल
-विरेन्द्र सैनिक अस्पताल
-नेपाल प्रहरी अस्पताल
-बयोधा अस्पताल
-निजामती अस्पताल
-काठमाडौं मोडल अस्पताल
-पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल
-जनमैत्री अस्पताल
-नर्भिक अस्पताल
-शुभेच्छा अस्पताल
-नोबेल अस्पताल
-लोट्से भवन नयाँ बसपार्क
-एपेक्स पोलिक्लिनक जडिबुटी





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित