Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आजदेखि अग्रपंत्तिमा खटिनेलाई काेराेनाकाे बुस्टर डोज दिइँदै

आजदेखि अग्रपंत्तिमा खटिनेलाई काेराेनाकाे बुस्टर डोज दिइँदै

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले आजदेखि अग्रपंत्तिमा खटिएका व्यक्तिलाई कोरोना विरुद्धको बुस्टर डोज खोप दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएका व्यक्तिहरुलाई बुुस्टर डोज दिन लागेको हो ।

सरकारले कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो। यसैगरी माघ १४ गतेदेखि ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको छ ।

अग्रपंत्तिमा पर्नेहरुमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक, सरसफाइकर्मी, शववाहन चालक तथा सञ्चारकर्मी रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार