आजदेखि अग्रपंत्तिमा खटिनेलाई काेराेनाकाे बुस्टर डोज दिइँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले आजदेखि अग्रपंत्तिमा खटिएका व्यक्तिलाई कोरोना विरुद्धको बुस्टर डोज खोप दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएका व्यक्तिहरुलाई बुुस्टर डोज दिन लागेको हो ।
सरकारले कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो। यसैगरी माघ १४ गतेदेखि ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको छ ।
अग्रपंत्तिमा पर्नेहरुमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक, सरसफाइकर्मी, शववाहन चालक तथा सञ्चारकर्मी रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण