शनिबार ४ हजार ६३६ संक्रमित थपिए, ४ जनाको मृत्यु
सक्रिय संक्रमितको संख्या २१ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ५५७ जनाको नमुना परीक्षण गरिएकोमा ४ हजार ६३६ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ६१७ पुगेको छ । उता यहीवीच ३५० जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार १९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। अहिले सक्रिय संक्रमितको संख्या बढेर २१ हजार ५८४ पुगेको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने