देशभर १३६ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार नाघेको छ । शुक्रबार थपिएका ५ हजार ८७ संक्रमितसहित देशभर सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार २३५ पुगेको हो ।
यीमध्ये १७ हजार २९१ जना होम आइसोलेसनमा रहेको र ९४४ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये १ सय ११ जनाको आइसीयूमा र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर तीब्र गतिमा उकालो लागिरहेको छ । हालसम्म देशभर ११ हजार ६१३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !