पछिल्लो २४ घण्टामा ३५५३ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३५ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ८१ जनाको नमुना परीक्षण गरेकोमा ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो केही दिन यता देशभर कोरोना संक्रमण दर तीब्र गतिमा फैलिरहेको छ । अहिले सक्रिय संक्रमितको संख्या बढेर १४ हजार ३४० पुगेको छ ।
मन्त्रालयका अनुसार आज ३ लाख ५६ हजार ४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !