Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमण बढेपछि सिंहदरबार प्रवेशमा सरकारको कडाइ

कोरोना संक्रमण बढेपछि सिंहदरबार प्रवेशमा सरकारको कडाइ

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गृह मन्त्रालयले सिंहदरबार परिसरभित्र प्रवेशमा कडाइ गर्ने निर्णय गरेको हो । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै हालसम्म भएका सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी अस्थायी पास खारेज गर्ने निर्णय गरेको जनाएको हाे ।

मन्त्रालयले अब नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नु पर्ने भएमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाट जारी गरिने पनि जनाएको छ ।

नेपालमा केही दिनदेखि कोरोना संक्रमण दर ह्वात्तै बढेपछि सरकारले विद्यालय बन्द गर्नेदेखि भिडभाड गर्न नपाइने, सभा सम्मेलन गर्न नपाइने जस्ता प्रावधानहरु अघि सारेको छ । यही क्रममा प्रशासनिक कामका लागि सधैं भिड हुने सिंहदरबारमा समेत कोरोना जोखिम बढेको भन्दै सरकारले आजदेखि प्रवेशमा कडाइ गरेको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार