नेपालमा फेरि बढ्यो संक्रमण दर
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै संक्रमण दर पनि बढेको छ ।
केही समय अघिसम्म ह्वात्तै घटेको संक्रमण दर अहिले बढेर २७ दशमलब १ प्रतिशतमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले केही दिन यता संक्रमण दर बढ्दै गएको र आज संक्रमण दर २७ दशमलब १ प्रतिशत पुगेको बताइन्। यो पछिल्लो एक सातामा देखिएको सबैभन्दा बढी संक्रमण दर हो । उनले सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना नगरिदिंदा संक्रमण फेरि एकपटक बढ्न पुगेको जनाइन्।
आज मात्रै १३ हजार ३६ जनाको परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।
नेपालमा जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा र सभा सम्मेलन, भिडभाड गर्दा कोरोना संक्रमण दर उकालो लागिरहेको छ । उता काठमाडौं उपत्यकामा आज एकैदिन १५ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विज्ञहरुले कोरोनाको तेस्रो लहरको संकेत गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै