काठमाडौं उपत्यकामा आजदेखि बालबालिकालाई कोरोना खोप दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संगीता मिश्रााका अनुसार बालबालिकालकाई आजदेखि काठमाडौं र ललितपुरमा फाइजर खोप र भक्तपुरमा मोडर्ना खोप लगाइँदैछ ।
भक्तपुरमा भने केही दिन अघिदेखि नै खोप अभियान चलिरहेको छ भने काठमाडौं र भक्तपुरमा भने आजदेखि मात्र सुरु गरिएको हो ।
खोप लगाउनका लागि स्थानीय निकायलाई खोप केन्द्र चयन गर्न भनिएको मिश्रााले जनाइन्। उनले २ सय भन्दा बढी खाेप लगाउने विद्यार्थी भएका विद्यालयमा त्यहीं खोप केन्द्र हुने र सोभन्दा कम विद्यार्थी भएका विद्यालयका विद्यार्थीले भने नजिकैको विद्यालयमा रहेको खोप केन्द्रमा गएर खोप लगाउन सक्ने जिकीर गरिन । त्यसका लागि आफू पढिरहेको विद्यालयमा वा स्थानीय निकायसँग सम्पर्क गरी खोप लगाउन जान पनि उनले सबै बालबालिकालाई आग्रह गरेकी छिन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित