Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा आजदेखि बालबालिकालाई कोरोना खोप दिइँदै

काठमाडौं उपत्यकामा आजदेखि बालबालिकालाई कोरोना खोप दिइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संगीता मिश्रााका अनुसार बालबालिकालकाई आजदेखि काठमाडौं र ललितपुरमा फाइजर खोप र भक्तपुरमा मोडर्ना खोप लगाइँदैछ ।

भक्तपुरमा भने केही दिन अघिदेखि नै खोप अभियान चलिरहेको छ भने काठमाडौं र भक्तपुरमा भने आजदेखि  मात्र सुरु गरिएको हो ।

खोप लगाउनका लागि स्थानीय निकायलाई खोप केन्द्र चयन गर्न भनिएको मिश्रााले जनाइन्। उनले २ सय भन्दा बढी खाेप लगाउने विद्यार्थी भएका विद्यालयमा त्यहीं खोप केन्द्र हुने र सोभन्दा कम विद्यार्थी भएका विद्यालयका विद्यार्थीले भने नजिकैको विद्यालयमा रहेको खोप केन्द्रमा गएर खोप लगाउन सक्ने जिकीर गरिन । त्यसका लागि आफू पढिरहेको विद्यालयमा वा स्थानीय निकायसँग सम्पर्क गरी खोप लगाउन जान पनि उनले सबै बालबालिकालाई आग्रह गरेकी छिन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार