यी स्थानमा जाँदा अब कोरोना विरुद्धको खोप कार्ड अनिवार्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरस संक्रमण तीब्र गतिमा फैलिन थालेपछि सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्न तथा सेवाहरु लिनका लागि कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेको छ ।
कोभिड -१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीको आइतबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि भन्दै सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य गर्न सरकारलाई सिफारिस गरेको हो ।
सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क, जिम हल लगायतका सार्वजनिक स्थलमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने सीसीएमसीले सिफारिस गरेको छ । यी स्थानमा प्रवेश गर्न आफूले खोप लगाएको कार्ड वा साे काे फोटोकपी वा माेबाइलमा कार्डकाे फोटो भए पनि देखाउन पर्नेछ ।
माघ ७ गतेदेखि लागू हुने गरी यो व्यवस्था गर्न सीसीएमसीले सम्बन्धित निकायलाई सिफारिस गरेको हो । यो प्रावधान लागू हुँदा यही माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्नका लागि ‘खोप कार्ड’ अनिवार्य हुनेछ ।
यसैगरी अबदेखि सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक र सामाजिक कार्यक्रम गर्न नपाउने प्रावधान राख्न पनि सिफारिस गरिएको छ ।
यसैगरी विद्यालयहरु माघ १५ सम्म बिदा दिने सीसीएमसीको सिफारिसलाई आज नै शिक्षा मन्त्रालयले कार्यान्वर्यन गर्दै बिदा दिने निर्णय गरेको छ । नेपालमा कोरोना संक्रमण एक सातामा नै दोब्बरको संख्यामा वृद्धि हुन थालेपछि सीसीएससीले सरकारलाई कोरोना नियन्त्रणका लागि यी प्रावधानहरु लागू गर्न र गराउन सिफारिस गरेको हो ।
हाल नेपालमा ६ हजार ७५५ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त