माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस
सार्वजनिक स्थलमा जान तथा हवाई उडानका लागि खोप कार्ड अनिवार्य
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले विद्यालय केही समय बन्द गर्नेसहित सरकारलाई तेह्र सिफारिस गरेको छ।
आइतबार बसेको सीसीएमसीको बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका विद्यालय बन्द गर्न आग्रह गरेको हो । यसैगरी सीसीएमसीले सार्वजनिक सेवा लिन तथा हवाई यात्राका लागि खोप लगाएको प्रमाणपत्र अनिवार्य गर्न समेत सरकारलाई सिफारिस गरेको केन्द्रकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।
उता जोखिम क्षेत्र पहिचान गरी स्मार्ट लकडाउन लगाउन र भिडभाड हुने स्थानमा २५ जना भन्दा बढी जम्मा हुन नपाउने पनि सिफारिस गरिएको जनाइएको छ ।
सीसीएमसीले गरेको सिफारिसका आधारमा सम्बन्धित मन्त्रालयले निर्णय गर्ने र त्यसपछि मात्र कार्यान्वर्यनमा आउने व्यवस्था रहेको छ ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने