नेपालमा एकैदिन थपिए ११६७ कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर आज ११ सय ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ सय ६७ जना कोरोना संक्रमित थपिएका हुन्। नेपालमा ओमिक्रोन संक्रमण बढ्न थालेको भन्दै मन्त्रालयले सबैलाई सतर्क रहन आग्रह गरेको छ । यसैगरी गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ६०४ पुगेको छ । अहिले देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित रहेका छन्।
विश्वभर पछिल्लो एक सातामा एक करोड भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।
काेराेना महामारी नियन्त्रणका लागि मन्त्रालयले सबैलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न र आ आफनो स्थानबाट सहयोग गरिदिन आग्रह गरेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित