ईशान बाल अस्पतालकाे २६ औं वार्षिक साधारण सभा सम्पन्न
विशिष्टीकृत सेवा विस्तार गर्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बसुन्धरामा रहेको ईशान बाल तथा महिला अस्पतालको २६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएकाे छ ।
अस्पतालको संचालक समितिका अध्यक्ष जन थापाको अध्यक्षतामा सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा शनिबार अस्पतालको नवनिर्मित भवनमा उक्त सभा सम्पन्न भएको हो।
नेपालको पहिलो गैर सरकारी बाल अस्पतालको रुपमा २६ वर्ष अघि स्थापना भएको ईशान अस्पताल बालबालिकाको उपचारको क्षेत्रमा अग्रणी अस्पतालको रुपमा स्थापित हुन सफल भएको अस्पातलका निर्देशक प्राडा आरपी चौधरीले बताए । उनले अस्पतालको आठ तले अत्याधुनिक भवन बनिरहेको र त्यस भवनमा सरेपछि बालबालिका र महिलाका क्षेत्रमा अझ विशिष्टीकृत सेवाहरु बिस्तार गर्दै लाने जनाए । अबको दुई महिनामा अस्पताल आफनै भवनमा सर्ने समेत जानकारी दिए ।
यो वीचमा ईशान बाल अस्पतालमा जटिल भन्दा जटिल बाल शल्यक्रियाहरु गरेको उनले जानकारी समेत दिएका थिए । सय शैया क्षमताको अस्पताल बनेपछि अझ धेरै सेवा दिन सकिनेमा आफू विश्वस्त रहेको समेत उनले जिकीर गरे ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?