भारतमा बढ्दो कोरोना संक्रमण, ८० प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ । कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै भारतीय स्वास्थ्य मन्त्रालयले विभिन्न मापदण्डहरु बनाएको छ ।
तेस्रो लहरमा ७० देखि ८० प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । बढी संक्रामक मानिएको ओमिक्रोन एकाएक तीब्र गतिमा समूदायमा फैलिरहेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
त्यसो त डेल्टा भेरियन्ट पनि देखिएको छ । तर अधिकांशमा ओमिक्रोन भेरियन्ट नै पुष्टि भएको जनाइएको छ ।
भारतमा एक सातामा नै कयौं गुणा संक्रमित थपिएका छन्। उता कोरोना नियन्त्रणका लागि भन्दै दिल्ली मुम्बई जस्ता ठूला शहरहरुमा नाइट कफ्यू तथा बिदाका दिन लकडाउन गरिएको छ । तर पनि संक्रमण रोकिने संकेत देखिएको छैन्।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स