फेरि उकालो लाग्दै कोरोना संक्रमण, एकैदिन ९६८ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज एकैदिन देशभर ९६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ९७१ जनाको नमुना परीक्षण गरिएकोमा ९६८ जनामा कोरोना पुष्टि भएको हो । यो संख्या केही महिना यताकै उच्च हो ।
भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा पनि बढ्न सक्ने भन्दै सरकारले परीक्षण दर र निगरानी पनि बढाइरहेको छ । उता आज मात्रै २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ । आज कोरोनाबाट हुने मृत्यु शुन्य रहे पनि संक्रमितको संख्या भने उच्च रहेको पाइएको छ । केही दिन यता देशभर कोरोना संक्रमण उकालो लाग्दै गएको देखिन्छ ।
गत २४ घण्टामा २ लाख ६३ हजार ३७१ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर ५ हजार ७४१ जना सक्रिय संक्रमित रहेका छन्। उता यहीवीच २६२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने