नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै थप २४ जनामा ओमिक्रोन पुष्टि भएको जनाएको हो । मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राका अनुसार पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । योसँगै उनले समाजमा परीक्षण नभएका धेरैमा ओमिक्रोन भेरियन्ट हुनसक्ने भन्दै विशेष सतर्कता अपनाउन र जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेकी छिन्।
मन्त्रालयले ओमिक्रोन बढी संक्रामक भएकाले यसको संक्रमणलाई ध्यानमा राख्दै अक्सिजन, आइसोलेसन जस्ता अत्यावश्यक कुराको व्यवस्था गर्नका लागि सबै अस्पतालहरुलाई निर्देशन समेत दिएको छ । भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेको दुई साता नबित्दै नेपालमा पनि संक्रमण बढ्न थालेको देखिन्छ ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण