फेरि बढ्न थाल्यो संक्रमण : आज एकैदिन ५४० संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज एकैदिन देशभर ५४० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ९९ जनाको नमुना परीक्षण गरिएकोमा ५४० जनामा कोरोना पुष्टि भएको हो । यो संख्या केही साता यताकै उच्च हो ।
भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा पनि बढ्न सक्ने भन्दै सरकारले परीक्षण दर र निगरानी पनि बढाइरहेको मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारी बताउँछन्।
गत २४ घण्टामा एक जना कोरोना संक्रमितको ज्यान गएको छ भने १ लाख २० हजार ६५३ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । उता यहीवीच २४० जना संक्रमित संक्रमणमुक्त भएका छन्।
अहिले देशभर ५ हजार ४३१ जना सक्रिय संक्रमित रहेका छन्।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो