फेरि बढ्न थाल्यो संक्रमण : आज एकैदिन ५४० संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज एकैदिन देशभर ५४० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ९९ जनाको नमुना परीक्षण गरिएकोमा ५४० जनामा कोरोना पुष्टि भएको हो । यो संख्या केही साता यताकै उच्च हो ।
भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा पनि बढ्न सक्ने भन्दै सरकारले परीक्षण दर र निगरानी पनि बढाइरहेको मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारी बताउँछन्।
गत २४ घण्टामा एक जना कोरोना संक्रमितको ज्यान गएको छ भने १ लाख २० हजार ६५३ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । उता यहीवीच २४० जना संक्रमित संक्रमणमुक्त भएका छन्।
अहिले देशभर ५ हजार ४३१ जना सक्रिय संक्रमित रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित