थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि, २३९ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार २६७ जनाको नुमना परीक्षण गरिएकोमा ४३५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा २३९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका छन्। आज कोरोना संक्रमणबाट हुने मृत्यु शुन्य रहेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २ लाख ४६ हजार ३८५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?